यसरी बचाए वामदेवले मृत्युको मुखबाट माओवादी नेता

साउन १५, २०७३ मा प्रकाशित | 705 views

काठमाडौं,साउन १५ । माओवादीले नेपाली सेनामाथि पनि हमला बोलिसकेपछि अवस्था यस्तो थियो कि, माओवादी–सेना जसले भेटे पनि एकले अर्का पक्षलाई सिध्याउने मात्रै सोच राख्थे । त्यसवेला राजधानीबाट पक्राउ परेका कतिपय माओवादी नेता–कार्यकर्ता अझै बेपत्ता छन् । तर, तीमध्ये केहीलाई भने वामदेवले मृत्युको मुखबाट बचाएका छन् ।

भैरवनाथ गणमा लामो समयदेखि बेपत्ताको अवस्थामा राखिएका तत्कालीन नेताहरू कृष्ण केसी, हिमाल शर्मालगायतका नेताहरूको सन्दर्भमा गौतमले आफ्नै स्रोत परिचालन गरी अवस्था पत्ता लगाए । त्यसपछि गौतमले सप्रमाण तत्कालीन प्रधानसेनापति, राजालगायतसम्म पुगी जीवनरक्षाका लागि काम गरे ।

गौतमले आफूले प्रचण्डसँगको दोस्तीकै कारण मृत्युको मुखबाट माओवादीका धेरै नेता कार्यकर्तालाई बचाउन भूमिका खेलेको बताए । ‘माओवादीका धेरै नेता कार्यकर्तालाई युद्धकालमा सुरक्षित अवतरण गराउन मैले भूमिका खेलेको छु । त्यो मैले मेरो पार्टी भनेर गरिनँ । प्रचण्डका कारण मैले सबै गरेँ । प्रचण्डसँग मेरो दोस्ती भयो र उहाँले मलाई जीवनभरिको दोस्तीका निम्ति प्रस्ताव राख्नुभयो । मैले माओवादीका नेता–कार्यकर्तालाई मृत्युको मुखबाट बचाएँ,’ गौतमको भनाइ थियो ।

तत्कालीन अवस्थामा भैरवनाथ गणमा रहेका माओवादी नेता हिमाल शर्मा पनि आफूहरूको जीवनरक्षाका लागि गौतमले भूमिका खेलेको बताउँछन् । ‘हामीले नै अनुभूति हुने गरी उहाँले सचेततापूर्वक हाम्रो जीवनरक्षाका लागि भूमिका खेल्नुभएको थियो,’ शर्माले भने, ‘हामीले पनि उहाँ (वामदेव)लाई पछि धन्यवाद दिएका थियौँ ।’

पहिलो संविधानसभा निर्वाचनलगत्तै बनेको प्रचण्ड नेतृत्वको सरकारमा गौतम एमालेबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालसँग रक्षामन्त्री रामबहादुर थापा बादलको अन्तरविरोध चुलिँदै गएपछि ‘चेन अफ कमान्ड’लाई चुनौती दिएको आरोपमा उनलाई हटाउने योजना बन्यो ।

एमालेका तत्कालीन अध्यक्ष खनालसँगको परामर्शमा प्रचण्डले कटवाललाई हटाउने योजना बनाए, उनलाई हटाइयो पनि । तर, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओलीलगायतले सरकारको यो निर्णयको तत्काल प्रतिवाद गर्दा गौतमले सही निर्णय भन्दै प्रचण्डलाई साथ दिए । जबकि तत्कालीन अध्यक्ष खनाल भने त्यसवेला चीन भ्रमणमा थिए । पार्टीमा अन्तरविरोध हुँदाहुँदै जोखिम मोलेर आफूले प्रचण्डको कदमलाई साथ दिएको अहिले पनि गौतम बताउने गर्छन् ।

कटवाल प्रकरणपछि एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा कांग्रेससहितको २२ दलीय गठबन्धन सरकार बन्यो । तर, सरकार बनेलगत्तै सुरु भएको सरकारविरुद्धको माओवादी आन्दोलन आमहडतालसम्म पुगेर टुंगियो । चैत तेस्रो साता सरकारलाई सडकबाटै अपदस्थ गर्ने उद्देश्यसहित माओवादीले आमहडतालका लागि देशभरबाट काठमाडौंको सडकमा कार्यकर्ता उता¥यो । तर, हडताल सुरु भएको पहिलै दिन गौतमको नेतृत्वमा प्रधानमन्त्रीले राजीनामा दिएर निकास दिनुपर्ने भन्दै ६० जनाले हस्ताक्षरसहितको ज्ञापन पार्टी अध्यक्ष खनाललाई बुझाए ।

तर,त्यो ज्ञापनपत्र पार्टीमा दर्ता हुन नपाउँदै प्रचण्डनिवास र पेरिसडाँडास्थित कार्यालयबाट सडकमा फोटोकपी बाँडिएपछि एमालेमा हलचल मच्चियो । अन्ततः ‘सेट ब्याक’ हुँदै माओवादी हडताल असफलतामा टुंगियो, नेपालले राजीनामा पनि दिएनन् । एमालेमा आन्तरिक छलफलमा गौतमले आत्मालोचना गरेपछि यो प्रकरण पछि त्यत्तिकै सेलायो ।

दुई ठूला वामपन्थी नेतृत्वको सरकार चुनावी कार्यगत एकता हुँदै पार्टी एकतासम्म लैजाने उद्देश्यले निर्माण भएको दुवै पार्टीका कतिपय नेता बताउँछन् । अनौपचारिक छलफलमा एकतासम्मका विषयले प्रवेश पाएकैले शक्ति बाँडफाँटमा एमालेले राष्ट्रपति र प्रधानमन्त्री तथा माओवादीले उपराष्ट्रपति र सभामुख पद लिने भागबन्डा भएको नेताहरू बताउँछन् । तर, प्रधानमन्त्री ओलीले ६ महिने कार्यकाल पनि बिताउन नपाउँदै दुई पार्टीबीच खटपट सुरु भयो । गत वैशाख २२ मा माओवादी केन्द्रले अप्रत्याशित रूपमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अन्य दललाई पनि समर्थन गर्न आह्वान गर्दै वक्तव्य जारी गरेपछि दुई पार्टीबीचको विवाद सतहमै चर्कियो । वाम गठबन्धन टुटाउने माओवादी तयारीपछि गौतमले प्रचण्डलाई भेटेरै आपत्ति जनाए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादी २ सय ४० सिटसहित पहिलो दल बन्यो । एमाले ८३ सिटसहित तेस्रो दलमा खुम्चियो । त्यो निर्वाचनमा तत्कालीन महासचिव माधवकुमार नेपाल, केपी ओली र गौतम नै पराजित बन्दा एमाले पंक्तिमा निराशा छाएको थियो । गौतम बर्दिया–४ बाट माओवादीकी सरला रेग्मीबाट पराजित भएका थिए । चुनावअघि दुई दलबीच कार्यगत एकतामा समेत लचक रहेका गौतम पराजित भएलगत्तै बर्दियाबाट फर्किने क्रममा सीधै प्रचण्डनिवास नयाँबजार पुगे ।

अरू शीर्ष नेता पराजयको समीक्षामा जुटिरहेका वेला गौतम तत्कालै प्रचण्डनिवास पुगेर वार्तालाप गरेको विषयले धेरै पछिसम्म निक्कै चर्चा पायो । उनले त्यसवेला प्रचण्डलाई सोधेका थिए, ‘मलाई के कारण तपाईंहरूले चुनाव हराउनुभयो ?’ गौतमनिकट नेताहरू भने प्रचण्डसँगको दोस्तीकै कारण उनले यसरी सीधा प्रश्न राखेको बताउँछन् । तर, एमाले पंक्तिमा भने यही कारण गौतमलाई आजपर्यन्त ‘माओवादीपरस्त’को आरोप लाग्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web