
त्रिशूली । नुवाकोट क्रिकेट संघको आयोजनामा बाह्रौ अन्तर बिद्यालय जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
त्यसको लागी संघले सूचना प्रकाशित गर्दै टिम दर्ताको लागी विद्यालयलाई आह्वान गरेको छ । आगामी फागुन १ गतेसम्म विद्यालयलाई टिम दर्ता गर्नको लागी सूचना जारी गरिएको संघका जिल्ला दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
उहाँको अनुसार प्रतियोगिता फागुन ३ गतेदेखि सञ्चालन गर्न लागिएको छ । दर्ता भएका विद्यालयका विद्यार्थीले मात्र प्रतियोगितामा सहभागि हुन पाउने भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई टिम बनाउनको लागी आग्रह गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार पाउनेछ भने दोश्रो हुनेले १० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न संघका सचीव करण खतिवडाले जानकारी दिनुभयो । यस्तै, बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट फिल्डर, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी तथा फेयर प्ले अवार्डको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन गरिने छ । विगतको वर्षको भन्दा यो पटकको प्रतियोगितालाई थप व्यवस्थित एंव आकर्षण बनाउन लागिएको हुदाँ तोकिएको अवधिभित्रै टिम बनाउनको लागी विद्यालयहरुलाई संघले अपिल गरेको छ ।
खेलाडी उत्पादनको नर्सरीको रुपमा रहेको विद्यालयस्तरीय प्रतियोगिता मार्फत नयाँ खेलाडीको खोजी, खेल खेल्दै आइरहेकाहरुमा दक्षता बृद्धि एंव एकअर्को विद्यलायबीचको प्रतिस्पर्धाले थम क्षमतावान बनाउन सहयोग पुग्ने भएकाले विद्यालयको सहभागिता धेरे भन्दा धेरे हुने अपेक्षा गरिएको छ ।
नेपाली क्रिकेटको क्रेज बृद्धि हुदै गइरहेकाले गाँउगाँउमा क्रिकेट खेलको मोह समेत बढ्दै प्रतियोगितामा धेरै विद्यालय र रोमाञ्चक प्रतिस्पर्धा हुने विश्वास गरिरएको छ ।