दौड प्रतियोगिताले समाज बदल्न सकिन्छ : मुख्यमन्त्री बहादुरसिंह तामाङ

माघ ६, २०८१ 2025-01-19 मा प्रकाशित
Published at 2025-01-19

77 views

त्रिशूली । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले दौड प्रतियोगिता मार्फत समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ ।
शनिबार नुवाकोटको बेलकोटगढी–५ को कार्यालयले आयोजना गरेको ‘नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता’को शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले मानिस दौडाएर के हुन्छ भन्नेलाई क्रसकन्ट्री प्रतियोगिताले नयाँ सन्देश प्रवाह गर्न सक्षम भएको बताउनुभयो ।

“हजुरबा, बा र आमा समूहबाट प्रतिनिधित्व गर्दै दौडिदा सिङ्गो गाँउनै प्रतियोगितामा सहभागी भएको महुशस भएको छ ।” उहाँले भन्नुभयो “दौडको प्रतिस्पर्धा मार्फत ज्येष्ठ नागरिक र महिला वर्गलाई घरको चुलोचौकाबाट बाहिर ल्याउन सकिएको छ । मानिसलाई स्वस्थ्य राख्न र गाँउगाँउबाट खेलाडी (धावक) उत्पादन गर्न सकिने नतिजा दिएको छ ।”

झिल्टुङ्ग क्रसकन्ट्रीमा विभिन्न दश विधामा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका राष्ट्रियस्तरका धावकहरुदेखि स्थानीयस्तरका विद्यालयका विद्यार्थी, हजुरबा, बा र आमा समूहबाट प्रतिनिधित्व गराउदै करीब तीनसय खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिता अन्तरगत १३.५ किमी स्थानीय पुरुष, ४.५ किमी स्थानीय आमा समूहका सदस्य, ४.५ किमी स्थानीय हजुरबा र बा समूहका सदस्यबीचको प्रतिस्पर्धाले झिल्टुङमा दौड खेलको प्रबद्र्धन, नयाँ खेलाडी उत्पादन र समाज परिवर्तनको जागरणको अभियान ल्याउन सकिएको भन्दै मुख्यमन्त्री लामाले प्रतियोगिताको प्रशंसा गर्नुभयो ।

यस्तै, १३.५ किमी खुला महिला र पुरुष प्रतिस्पर्धा, १३.५ किमी ४५ वर्ष माथीका पुरुष भेट्रान प्रतिस्पर्धा, ४.५ किमी खुला जुनियर छात्र–छात्र प्रतिस्पर्धा, ४.५ किमी स्थानीय विद्यालयका छात्र–छात्र प्रतिस्पर्धाले राष्ट्रियस्तरमा धावक उत्पादन गर्दै नेपाली खेलाडी मार्फत अन्तराष्ट्रिय प्रतिस्पर्धामा महत्वपूर्ण योगदानका लागी सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार प्रदान गर्दै बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले वडा मार्फत सञ्चालन हुदै आएको प्रतियोगिताको आगामी सँस्करण नगरपालिकामार्फत स्थानीय पर्वको रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागी बार्षिक नीति तथा कार्यक्रममा बजेटको ब्यवस्था गराई प्रतियोगितामको बिधा र पुरस्कार राशीमा बृद्धि गर्न आयोजक बेलकोटगढी–५ का वडा अध्यक्ष मदन भुजेलले ध्यानाकर्षण गराउनुभयो ।

१३.५ किमी खुला पुरुषतर्फ प्रथम हुनुभएका त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा ।

प्रतियोगिता अन्तरगत ४.५ किमी खुला जुनियर छात्रातर्फ प्रथम हुनुभएको बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका आयुस्मा आचार्य ।

झिल्टुङको पहिचान झल्काउन र खेल पर्यटन बृद्धिका लागी पर्यटन व्यावसायी मोहन नेपालको अगुवाईमा सुरु भएको प्रतियोगिता अहिले राष्ट्रियस्तरको आकर्षण बन्दै गएको छ ।

प्रतियोगिता सञ्चालनको सम्पूर्ण जिम्मेवारी एथलेटिक्स परिवार नेपालले गर्दै आएको छ । एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीका अनुसार प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीका लागी क्षमता बृद्धि, प्रतिस्पर्धाको अवसर र नयाँ ईतिहास (रेकर्ड)का लागी प्रभावकारी बन्दै आएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुको विवरण यस प्रकार रहेको छ :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.