अब बन्ने सरकारमा एमाले सहभागी नहुने

साउन १०, २०७३ मा प्रकाशित | 1144 views

१० साउन, काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अब बन्ने सरकारमा एमाले सहभागी नहुने बताउनु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सञ्चार मन्त्री राईले एमाले सशक्त रुपमा रचनात्मक र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिनु भयो ।

सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस–माओवादी गठबन्धनले आन्दोलनरत संघीय गठबन्धनले उठाएका मागहरु पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म अब बन्ने सरकारलाई समर्थन नगर्ने  बताउनु भयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले अब सहमतीय सरकार बन्ने नसक्ने दाबी गर्नु भयो ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्ले सरकारले बाधा अड्काउ फुकाउको प्रस्ताव सिफारिश गरेर सिँगो संसदको अवमूल्यन गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web