राष्ट्रपति र तीन दलका शिर्ष नेताबीच भेट

साउन १०, २०७३ मा प्रकाशित | 792 views

१० साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शिर्ष नेतासँग आज भेट गरि दलहरुका बीचमा सहज वातावरण निर्माण गरी सहमतिअनुरूप अघिवढन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय सितल निवासमा भएकोे भेटमा राष्ट्रपति भण्डारीले सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अगाडी बढाउन आग्रह गर्नुभयोे ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र नेकपा एमालेको सहयोग हुने बताउनु भयो ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै दललाई मिलाएर समझदारीअनुरुप जाने वताउनुभयो ।

उहाँहरुले राष्ट्रिय हितका मुद्दा र संविधान कार्यान्वयनमा आफुहरु दृढ रहेको बताउनु भएको अध्यक्ष  दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web