उपनिर्वाचनः नुवाकोटको ककनी -२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) बिजयी

मंसिर १७, २०८१ मा प्रकाशित | 538 views


त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका वडा नंको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ ।

आइतबार भएको उपनिर्वाचनको आज (सोमबार) बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार घिमिरले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो ।

उहाँको अनुसार  घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्य जिम्बा तामाङले पाचसय ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीनसय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङ २६, नेपालकम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामा (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङ १६, नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङ १४, स्वतन्त्र उम्मेदवार सोनु तामाङले १ मत प्राप्त गर्नुभयो ।

यस्तै,अर्का स्वतन्त्र उम्मेदवार रमेश पुडासैनीले भने एक मत पनि ल्याउनु भएन ।

आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदाता मध्ये दुइ हजार दुई सय ५५ मत खसेकोमा ५१ मत बदर भएको हो मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web