नुवाकोटका दुईसय दश जना किसान सम्मानित

मंसिर १३, २०८१ मा प्रकाशित | 479 views


त्रिशूली, नुवाकोट । ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुईसय दश जना किसानलाई सम्मान गरेको छ । ककनी–२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा वकालती गर्दै आएको उक्त सँस्थाले बुधबार एकै दिन नुवाकोटको कृषि क्षेत्रको विभिन्न विधामा योगदान पु-याउदै आएका किसानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा योगदानको आधारमा जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, कृषि र पशुपंक्षी पालन, दूध उत्पादक लगायतका क्षेत्रमा आबद्ध किसानहरु रहेका छन् । उत्कृष्ट किसानलाई बागमती प्रदेसका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

‘उत्कृष्ट किसान’लाई सम्मान गर्दै बागमती प्रदेसका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले किसानको मिहेनतले देशको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो । किसानको जीवनस्तर उकास्दै जनजीवन सुधारको लागी बागमती प्रदेस सरकारले संघ र पालिकासंगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले कृषि पेशालाई सम्मानित, सुनिश्चित र लगानीमैत्री वातावरण बनाउन चुनौतीपूर्ण अबस्थाबाट धेरै क्रमश सुधार गराउन प्रयास गर्दै आइरहेको जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले विदुर नगरभित्रका शिक्षित युवालाई कृषि पेशामा आकर्षित गराउन स्थानीय सरकारले उत्पादनमा आधारित अनुदान, सहयोग र तलिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभएको छ ।

युवा किसान सञ्जालले नुवाकोटमा रहेका बाह्रवटा पालिका र अठासीवटा वडाबाट लिएको जानकारी, संकलन गरेको तथ्याङ्क र कृषि क्षेत्रमा पु-याउदै आएको योगदानको आधारमा उत्कृष्ट छनोट भएका दुईसय दश जनालाई एकैसाथ सम्मान गरेको अध्यक्ष श्रीराम घिमिरेले जानकारी दिनुभयो ।

कृषि क्षेत्रको विकासको लागी काठमाडौको शान्तिबाटिकामा पाच पटकसम्म आमरण अनसन मार्फत सरकारलाई दबाब दिदै आउनुभएका सञ्जालका अध्यक्ष घिमिरेले विगतको तुलनामा किसानको जीवनस्तरमा सुधार हुदै आएकाले अब निराश हुनुपर्ने अबस्था नभएको बताउनुभयो । तर, शिक्षित युवालाई पेशामा आबद्ध गराउन र लगानीमैत्री वातावरण बनाउन भने सरकारको नीति तथा कार्यविधिमा धेरै सुधार आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web