शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा

मंसिर १२, २०८१ 2024-11-27 मा प्रकाशित
Published at 2024-11-27

54 views

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । हिजो ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आज फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विशाल बजार, कर्णाली विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.