कठमाडौं,असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गर्दै सम्बोधन गर्ने क्रममा प्रचण्डले दिउँसै रात पार्ने काम नगर्न आग्रह गरेक छन् । नयाँ सरकार बनाउन कुनै संवैधानिक जटिलता नरहेको स्पष्ट पार्दै आफूलाई प्रधानमन्त्री बन्न कसैले रोक्न नसक्ने संकेत गरे । प्रचण्डले नयाँ सरकार बनाउन कुनै संवैधानिक जटिलता नरहेको स्पष्ट पार्दै आफूलाई प्रधानमन्त्री बन्न कसैले रोक्न नसक्ने संकेत गरे ।

नयाँ सरकार बनाउने व्यवस्था छैन भनेर दिउँसै रात पार्ने काम नगर्न उनले आग्रह गरे । नयाँ सरकार गठनको प्रक्रियाका लागि अन्तरिम संविधानको धारा ३८ र अहिलेको संविधानको धारा २९८ (१) बाहेक अरु सबै उस्तै रहेकाले प्रधानमन्त्री हट्ने व्यवस्था छ तर सरकार बनाउने व्यवस्था छैन भन्नु ‘दिउँसै रात पार्नु हो’ उनले भने ।

28.12¡ÆC