हप्ताको पहिलो दिन शेयर बजार ९ अङ्कले घट्यो

कार्तिक ११, २०८१ 2024-10-27 मा प्रकाशित
Published at 2024-10-27

206 views

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले घटेर दुई हजार ६ सय १७ दशमलव ९५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल एसबीआई बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीका एक करोड ११ लाख कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.