ओली हटाउन एमाले भित्रै मोर्चाबन्दी

साउन ७, २०७३ मा प्रकाशित | 990 views

काठमाडौं,साउन ७ । वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् । वामगठबन्धन टुटाएर प्रतिक्रियावादीको गोटी बनेको, विगतका सहमति तथा सम्झौता तोडेको, कुनै पनि सम्झौता कार्यान्वयन गर्न तयार नभएको भन्दै ओली विरुद्ध पार्टीका सबै शीर्ष नेताले मोर्चा खोलेपछि एमालेभित्र ओली पूर्ण रुपमा रक्षात्मक अवस्थामा पुगेका छन् ।

सरकार विरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि नैतिक हिसाबले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्नेमा पदमा बसिरहन्छु भन्दै अड्डी लिएर बस्नु नैतिक हिसाबले समेत राम्रो नभएको भन्दै वामदेव गौमतले त ओलीका कारण पार्टीको साख समेत गिरेको बताए । मंगलबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा वामदेव गौतमले ओली विरुद्ध आगो ओकल्दा अरु नेताले भने ताली बजाएका थिए । गौतमले विगतमा पनि सहमति कार्यान्वयन नगर्दा आफूले मिलाएको सन्दर्भ जोड्दै राजनीतिमा सामान्य नैतिकताको प्रश्न हुन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web