एसिया सिनियर करातें च्याम्पियनसिपमा स्वर्णबाट चुकिन् एरिका

अशोज ६, २०८१ 2024-09-22 मा प्रकाशित
Published at 2024-09-22

143 views

काठमाडौँ । २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सिमित भएकी छिन् ।

चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो ।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् ।

प्रि क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी एरिकाले क्वाटरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराएकी थिइन् ।

१९औं एसियन गेम्समा उनैसँग पराजित हुँदै रजतमा चित्त बुझाएकी एरिकाले उनै खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।

उनले सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै फाइनल पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.