
काठमाडौँ । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले काेशी प्रदेशलाई हराएकाे छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा आर्मीले कोशीलाई ५–० गोलले हरायो । आर्मीका लागि विमला चौधरी र अनिता लम्जेलले समान दुई तथा हिमा चौधरीले एक गोल गरिन् ।
यो जीतसँगै आर्मी ६ खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी ६ खेलमा १० अङ्कसहित चौथो स्थानमा छ ।
एन्फा महिला लिगमा आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले सङ्कटा क्लबलाई ३–० गाेलले हराएकाे थियाे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।
19.12¡ÆC