बागमती प्रदेश सदस्य सचिव लामालाई राखेपको स्वागत र बधाई

भदौ ३०, २०८१ मा प्रकाशित | 420 views


काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य सचिव दीपक लामालाई आइतबार बधाई दिँदै स्वागत गर्नुभएको छ । सातै प्रदेश खेलकुदका सदस्य सचिव राखेपको पदेन सदस्य रहने व्यवस्था छ ।

त्रिपुरेश्वरस्थित सदस्य सचिव घिसिङकै कार्यकक्षमा भएको भेटका अवसरमा दुई पक्षबिच कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद, जिल्ला खेलकुद विकास समिति र त्यहाँ कार्यरत कर्मचारीको अवस्था, भौतिक पूर्वाधारको अवस्थालगायतका बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web