नवयुग श्रेष्ठ वर्ष खेलाडी घोषित

साउन ६, २०७३ मा प्रकाशित | 975 views

काठमाडौं,साउन ६ । राष्ट्रिय फुटवल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी  घोषित भएका हुन् ।

नवयुग श्रेष्ठले यो अवार्डमा आफ्नै टिमका साथी विकेश कुथु, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरालाई पछि पादैृ अवार्ड हात पारे । २३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा उनले उत्कृष्ट मात्रै खेलेनन् नेपाललाई जिताउन महत्वपूर्ण गोल गरेका थिए । त्यसैले नवयुगको उदयलाई कतिपयले नेपालको फुटवलकै नवयुग सुरु भएको बताएका थिए ।

काठमाडौंको प्रज्ञा भवनमा बिहिबार भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्चले उनलाई पल्सर मोटरसाइकल र प्रमाणपत्रसहित सम्मान गरेको हो । त्यस्तै उनले डिस होमको सेटअप बक्स र एक वर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web