सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

साउन २५, २०८१ 2024-08-09 मा प्रकाशित
Published at 2024-08-09

137 views

काठमाडौँ । आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपयाँले बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलमा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.