
त्रिशूली । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले सीप र शैक्षिक प्रमाणपत्रलाई धितोको हक सिर्जना गर्ने सम्पत्तिमा समावेश गर्ने प्रस्ताव गरेका छन् ।
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन गरेर यो प्रावधान थप गर्नुपर्ने उहाँको प्रस्ताव रहेको छ । प्रस्तावित विधेयकको दफा ३ को उपदफा ११ मा ‘धितोको सम्पत्ति भन्नाले धितोको हक सिर्जना गर्न सक्ने चल सम्पत्ति सम्झनुपर्ने’ उल्लेख गरिएको छ ।

शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण दिने विषय बजेट मार्फत कार्यान्वयनमा समेत आएको तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको सन्दर्भमा ऐनमा नै व्यवस्थित गरेर जानुपर्ने भएकाले संशोधन प्रस्ताव गरेको सांसद् माधव सापकोटाले बताउनुभएको छ ।
यो विषयमा सत्तारुढ दलका सांसदहरूसँग समेत छलफल गरिने र पास गराउँदा सबैको हित हुने उहाँको विश्वास रहेको छ ।
16.12¡ÆC