केशवराज पाण्डे नुवाकोट इञ्चार्ज

साउन १९, २०८१ मा प्रकाशित
Published at साउन १९, २०८१

278 views

त्रिशूली । नेकपा (एमाले)को नुवाकोट इञ्चार्जको जिम्मेवारी केशवराज पाण्डेले पाउनुभएको छ ।
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुसार यसअघि बागमती प्रदेस अध्यक्ष रहनुभएका पाण्डेलाई नुवाकोट इञ्चार्जको जिम्मेवारी दिएको हो ।

यसैगरी, बिन्दा ढुङ्गानालाई नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को ईन्चार्ज तोकिएको छ भने उषा किरण तिमिल्सिनालाई प्रतिनिधिसभा क्षेत्र नं. २ को इन्चार्ज तोकिएको छ ।

एमालेको केन्द्रीय सचिवालयले प्रत्येक जिल्लादेखि निर्वाचन क्षेत्रसम्मको जिम्मेवारी केन्द्रीय सदस्यहरुलाई तोकेको छ । पछिल्लो समयमा संगठन सुदृढिकरणतर्फ केन्द्रित भएको एमालेले जिल्लादेखि वडातहसम्मको अधिवेशन पश्चात प्रदेशदेखि निर्वाचन क्षेत्रसम्म इञ्चार्जको जिम्मेवारी परिवर्तन गरेको हो ।

समानुपातिक मत अनुसार पहिलो पाटी रहेको एमालेले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ पनि पहिलो बन्नको लागी तल्लोतहसम्म संगठन विस्तारमा लाग्न कार्यकर्तालाई परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.