
त्रिशूली । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला उहाँले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गर्नुभएको हो ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजो शुक्रबार बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा काँग्रेसका प्रवक्ता महतले विना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन तर्फ सचेत रहनको लागी सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कम्पनीहरु चलायमान नै नभएको बेला पनि टाठाबाठाले नक्कली आधार खडा गरेर पूँजी बजार बढेको अवस्थामा हुनसक्ने भन्दै थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्थाको जोखिम रहेकाले त्यस्तो हुन नदिनको लागी समयमै नियमन गर्न उहाँले सुझाब दिनुभयो ।
नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वभाविक भएपनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोष भन्दा पनि शंका गर्नुपर्ने अबस्था रहको पूर्व अर्थमन्त्री महतको भनाई छ ।
16.12¡ÆC