बजार खुलेको १ मिनेटमै नेप्सेमा ‘सर्किट ब्रेक’

साउन १३, २०८१ 2024-07-28 मा प्रकाशित
Published at 2024-07-28

120 views

काठमाडौँ । शेयर बजारमा सकारात्मक 'सर्किट ब्रेक' लागेकाे छ । खुलेकाे १ मिनेट ३१ सेकेन्डमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर 'सर्किट ब्रेक' लागेकाे हाे ।

माैद्रिक नीतिपछि आज शेयर बजारमा 'सर्किट ब्रेक' लागेकाे हाे । नेपाल राष्ट्र बैंकले गएकाे शुक्रवार माैद्रिक नीति ल्याएकाे थियाे ।

पहिलाे 'सर्किट ब्रेक' लागेसँगै काराेबार २० मिनेटका लागि राेकिएकाे छ । नेप्से १ सय २ अङ्कले बढेर २ हजार ६ सय ७० विन्दुमा पुगेर राेकिएकाे छ ।

अहिले कार्यान्वयनमा रहेको 'सर्किट ब्रेक' सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.