मुख्यमन्त्रीमा बहादुरसिंह लामा (तामाङ)ले आज दाबी पेश गर्दै

साउन ८, २०८१ 2024-07-23 मा प्रकाशित
Published at 2024-07-23

170 views

त्रिशूली । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले हिजो सोमबार नै दाबी पेस गर्ने भनेपनि अन्तिम समयमा रोकिएको छ । मुख्यमन्त्री दाबीको पत्र पेश गर्ने समय आज मंगलबारसम्म भएकाले हिजो रोकिएको दाबी पेश आज गर्न लाग्नुभएको छ । हिजो बिहान १० बजेकै समय निर्धारण गरिएपनि अन्तिम समयमा रोकिएकाले दाबीको लागी तयार गरेको पत्र आज पेश गर्न लाग्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालय हेटौँडामा हिजो बिहान १० बजेको समय माग गरेको भएपनि अन्तिम समयमा स्थगित भएकाले आज निवेदन पेश गर्न लागिएको नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद रमेशकुमार महतले जानकारी दिनुभएको छ । उहाँको अनुसार समय सीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले हिजोको लागी दाबी पेश गर्ने कार्यक्रम स्थगित भएको हो ।

कांग्रेस–एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी सबै पूरा भइसकेकाले उहाँले आज दाबी पेश गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीको लागी ५६ सांसद्को समर्थन आवश्यक पर्नेमा कांग्रेस–एमालेबाट मात्रै ६३सांसद् भएकाले उहाँले पेश गर्ने दाबीले सहजै मुख्यमन्त्री पाउने देखएको छ । उहाँलाई प्रदेस प्रमुखले आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने र भोली ९ गते सपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।

एमाले र कांग्रेसको सहमति अनुसार मुख्यमन्त्री काँग्रेसले नै पाएको छ भने काग्रेसको तर्फबाट संसदीय दलको नेता समेत रहनुभएका बहादुरसिंह लामा तामाङलाई नै बनाउने भनेर यसअघि नै सहमति भइसकेको छ ।
केन्द्रीय सत्ताको समीकरण परिवर्तन पछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही आइतबार पदबाट राजीनामा दिएपछि बहादुरसिंह लामा मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.