एक वर्षमा २८ अर्बका १८ लाख स्मार्टफोन आयात

साउन ७, २०८१ 2024-07-22 मा प्रकाशित
Published at 2024-07-22

170 views

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब रुपैयाँ बराबरका १८ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ ।

एक वर्षको अवधिमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँका १८ लाख ३९ हजार ३५ स्मार्टफोन आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार यसबाट सरकारले पाँच अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, सेलुलर नेटवर्क र वायरलेस नेटवर्कका लागि १७ लाख ५८ हजार ६९० टेलिफोनहरू आयात भएको छ । १४ अर्ब २९ करोड ८५ हजार रुपैयाँ बराबरका यी फोनबाट सरकारले दुई अर्ब ६६ करोड ३८२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.