एक वर्षमा २८ अर्बका १८ लाख स्मार्टफोन आयात

साउन ७, २०८१ मा प्रकाशित | 343 views


काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब रुपैयाँ बराबरका १८ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ ।

एक वर्षको अवधिमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँका १८ लाख ३९ हजार ३५ स्मार्टफोन आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार यसबाट सरकारले पाँच अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, सेलुलर नेटवर्क र वायरलेस नेटवर्कका लागि १७ लाख ५८ हजार ६९० टेलिफोनहरू आयात भएको छ । १४ अर्ब २९ करोड ८५ हजार रुपैयाँ बराबरका यी फोनबाट सरकारले दुई अर्ब ६६ करोड ३८२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web