बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

साउन ६, २०८१ मा प्रकाशित | 286 views


मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनुभएको थियो ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको दाबी पेस गर्न साउन ८ गते मङ्गलवार बेलुका ५:०० बजेभित्र पेश गर्न समय दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web