काठमाडौं,साउन २ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो मैत्रीपूर्ण खेलमा बेलायतको स्थानीय क्लब इस्टबर्न क्रिकेट क्लब सामु तीन सय १ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ। आइतबार भएको एक दिवसीय खेलमा नेपाली टोलीले मात्र तीन विकेट गुमाएर इस्टबर्नसामु उक्त लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाउदै तिन सय रन बनाएको हो ।

नेपालका लागी हिटर बिनोद भण्डारीले ५३ बल खेल्दै नटआउट ७७ को बिष्फोटक पारी खेले, ओपनर अनिल मण्डलले एक सय १० बलको मद्दतमा ७३ रन बनाए भने अर्का ओपनर सुवास खकुरेल १२ बल खेलेर ६ रन बनाउँदै क्याच आउट भएका थिए । खकुरेल आउट भएपछि मैदानमा आएका सरद भेषवाकरले ६७ बल खेल्दै ६० रन बनाएर आउट भए । त्यस्तै चौंथो नंम्बरमा ब्याटिङ्ग गर्न आएका राजु रिजालले ६७ बलको सामाना गर्दै नटआउट ६० रन बनाए ।

21.12¡ÆC