राष्ट्रिय सभाबाट आर्थिक, राष्ट्र ऋण उठाउने र भन्सार महशुल विधेयक पारित

असार ३१, २०८१ मा प्रकाशित | 203 views


काठमाडौँ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीन वटा विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८१ लाई सुझावसहित तथा राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ लाई सर्वसम्मतिले पारित गरी पठाएको हो ।

तीन वटै विधेयक सरकारको तर्फबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गर्नुभएको थियो । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै विधेयक पारित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web