
बाघखोर । बेलकोटगढी नगरपालिकाले नगरभित्रका किसानको मागको आधारमा नौ हजार कफीको विरुवा अनुदानमा बितरण गरेको छ ।
चालु आर्थिक वर्षको लागी पचास प्रतिशत अनुदानमा कफीका विरुवा वितरण कार्यक्रम अन्तरगत नगरको विभिन्न स्थानका किसान तथा कृषि फर्मबाट माग गरे अनुसार उनीहरुलाई विरुवा वितरण गरिएको आर्थिक विकास शाखा प्रमुख डा.अञ्जु शर्मा चापागाईले जानकारी दिनुभयो ।
उहाँको अनुसार कफी उत्पादनको लागी अनुकुलित हावापानी र भुगोल भएका स्थानका किसानलाई लक्षित गरेर कफीको विरुवा अनुदानमा उलब्ध गराइएको हो ।
नगरपालिकाको पचास प्रतिशत खर्च ब्यहोर्दै पचास प्रतिशतले हुन आउने बाँकी प्रति विरुवा १५ रुपैयाँ किसानको परेको छ । विरुवा माग गरेका किसान र कृषि फर्मसम्म नै नगरपालिकाले निःशुल्क ढुवानी गरेर सम्बन्धित स्थानमा नै पुराइदिएको छ ।

यहाँको हावापानी अनुकुल अनुसारको अरबिकाको बोरबन जातको कफीको विरुवा उपलब्ध गराइएको आर्थिक विकास शाखाका कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उक्त विरुवाले ३ वर्षपछि फल दिन थाल्ने उहाँको भनाई छ ।
नगरपालिकाले सुहाउदो हावापानीमा लगाउन सकिने भनेर जारी गरेको सूचना अनुसार विशेष गरेर नगरको वडा नंं १, २, ११ र १३ का किसान तथा कृषि फर्मबाट बढी माग भएकाले सोही स्थानमा धेरै विरुवा उपलब्ध गराइएको छ । ती स्थानमा यसअघि देखि नै किसानले व्यावसायिक रुपमा खेती सुरु गर्दै आइरहेकाले नगरको सहयोगले किसान तथा कृषि फर्म सञ्चालकहरु उत्साहित भएका छन् ।

नगरपालिकामा पछिल्लो समयमा किसानहरुले कफी खेतीलाई व्यावसायिक रुपमा सुरु गरेसगैँ उनीहरुलाई सहयोग पुराउनको लागी नगरपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरेर किसानलाई कफीको विरुवा अनुदानमा उपलब्ध गराउन सुरु गरेको कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाबाट किसानलाई अन्य प्राविधिक सहयोगहरु पनि निरन्तर रहने भएकाले ब्यावसायिक रुपमा कफी खेती फस्टाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
16.12¡ÆC