१ साउन, भक्तपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा आज भक्तपुरमा युवाहरुले विशाल र्याली प्रर्दशन गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत आव्हान गरिएको कार्यक्रममा स्वत स्फूर्त रुपमा आएका युवाहरुले आई एम विथ केपी ओली नारा दिएर बिभिन्न प्लेकार्ड बोकी भक्तपर नगरपालिका क्षेत्रको परिक्रमा गरेका थिए ।

सहभागिहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

प्लेकार्ड बोकेर कमलविनायकबाट सुरु गरेको र्याली च्यामासिंह, सूर्यमढी, गोल्मढी, सुकुलढोका, पाँचतले मन्दिर, बंशगोपाल, दूधपाटी हुदै दरबारस्क्वायर आएर समापन भएको थियो ।

कामै गर्न नदिई कुर्सी कै लागि सरकार ढाल्ने प्रबृत्तिको आलोचना गर्न र्यालीको आयोजना गरेको सहभागिले जनाएका छन् ।

29.12¡ÆC