उत्पादकत्व बढाउन यन्त्रिकरणको प्रयोगमा जोड दिनुपर्छ : नेका प्रवत्ता डा.प्रकाशशरण महत

असार १५, २०८१ मा प्रकाशित | 388 views


त्रिशूली (नुवाकोट) । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्रिकरणको प्रयोगमा जोड्नपर्ने बताउनुभएको छ ।
एक्काइसौँ राष्ट्रिय धान दिवसको अवसरमा शनिबार नेपाल किसान महासंघ, नुवाकोटले लिखु गाँउपालिका–६ मा आयोजना गरेको बृहत्त धान रोपाई कार्यक्रममा सहभागी हुदैँ प्रवक्ता महतले जनशक्ति र यन्त्रिकरणबीचको समन्वयनकारी भूमिकाबाट कृषि उब्जनी बढाउन जोड सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ ।” उहाँले भन्नुभयो “जनशक्ति घट्दा खेतीयोग्य भूमि बाझो भइरहेका छन् । यन्त्रिकरणको सहयोगले कृषि योग्य भूमिको क्षेत्रफल बढाई उत्पादकत्व बढाउन लाग्नुपर्छ ।”


किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्नुभयो । “रासायनिक मल खरिद गर्न (किसानले) धेरै लगानी र समय गुजारिरहेका छन् ।” महतले भन्नुभयो “घरगोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङगारिक झोल मल बनाउन किसानाई सरकारको सहयोग र क्षमता बृद्धि आवश्यक छ ।”
कृषिको विकास र किसानको जीवनस्तर उकास्ने लक्ष्य सरकारले लिएमात्रै देशमा किसानले सम्मानित भएको महशुस गर्ने प्रवक्ता महतले बताउनुभयो ।
लगानी अनुसार प्रतिफल पाइएन भन्ने किसानको गुनासोलाई सरकारले सरकारले बन्द गर्नुपर्छ । खेती लगाउन बीउ, मल, सिचाई र उत्पादित कृषी उब्जनीको बजारिकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उहाँले उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web