
नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नंं ११ मा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागी विद्यालयमा उजुरी पेटिका राख्न लागिएको वडाध्यक्ष प्रकाशजंग पाण्डेले जानकारी दिनुभएको छ । उहाँको अनुसार सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुशासन माथी प्रश्न सहित अनियमितता (नियमित उपस्थित नहुने) र शैक्षिक गुणस्तर खस्कने चिन्ता बढेसगैँ विद्यालयमा गुनासो पेटिका राख्नको लागी परिपत्र गरिएको हो ।
सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीहरु नियमित उपस्थित नहुने र भएपनि समयको परिपालना नगर्ने, शिक्षाको गुणस्तर थप कमजोर बन्दै गइरहेका विभिन्न नतिजाको विश्लेषणको आधारमा त्यस्ता समस्या सुधार्न लाग्नुभएका वडाध्यक्ष पाण्डेले समस्या समाधानको विकल्पको खोजीको क्रममा उजुरी पेटिका राख्नको लागी सम्बन्धित विद्यालयहरुलाई पत्राचार गर्नुभएको हो ।
अहिले विद्यालयमा देखिएका समस्यामा विद्यार्थी, शिक्षक र अभिभावक (समुदाय)ले एक अर्कामा आरोप प्रत्यारोप देखाएसगैँ सत्यतथ्य पत्ता लगाई गुणस्तर सुधारको लागी विद्यार्थी र अभिभावकलाई भिन्दा भिन्दै उजुरी पेटिका राख्न लागिएको हो ।
दुई वटा उजुरी पेटिका अन्तरगत निलो रङ्ग लगाएको पेटिकामा अभिभावकको गुनासो संकलन हुनेछ भने हरियो रङ्ग लगाएको उजुरी पेटिकामा विद्यार्थीको गुनासो राख्नको लागी वडाध्यक्ष पाण्डेले निर्देशन दिनुभएको छ ।

संकलन भएको उजुरीहरु गोप्य हुने भएकाले आफ्नो नाम उल्लेख नगरेपनि हुने तर, उजुरीमा उठाइएको विषयहरु गालीगलौज र लाञ्छनायुक्त नभई सत्यतथ्य एंव प्रमाणसहित हुनुपर्ने भनिएको छ । संकलन भएको उजुरीलाई हरेक महिना बस्ने विद्यालय व्यावस्थापन समितिको बैठकमा खोलिने छ भने उजुरीबाट आएका गुनासो तथा समस्या समाधानको लागी वडा अध्यक्ष सहित कार्यालय टिम, अध्यक्ष र प्राधानाध्यापक र शिक्षक कर्मचारीको टिम लगायतका आवश्यकताको आधारमा सरोकारवालाहरु परिचालन हुने ११ नं. वडाध्यक्ष प्रकाशजंग पाण्डेले जानकारी दिनुभयो ।
बेलकोटगढी नगरपालिका वडा नंं ११ मा एकवटा मावि र दुई वटा आधारभूत विद्यालय सञ्चालनमा रहेका छन् ।
26.12¡ÆC