राष्ट्रपति पौडेल स्विट्जरल्यान्डको जेनेभामा

जेष्ठ ३०, २०८१ मा प्रकाशित | 758 views


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ । उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदीसहित दूतावासका कर्मचारीले स्वागत गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पाैडेलले भोलि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ उच्चस्तरीय सत्रअन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भोलि नै उहाँले आईएलओका महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि राष्ट्रपति पौडेलले आज स्विस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । स्विट्जरल्यान्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनी जानु हुने छ । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नु हुने छ ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web