सुन तोलाको एक लाख ४५ हजार

जेष्ठ २५, २०८१ मा प्रकाशित | 213 views


काठमाडौँ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ।

आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो ।

आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ५१ पैसामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web