सुनको भाउ तोलाको एक लाख ४४ हजार रुपैयाँ

जेष्ठ २४, २०८१ मा प्रकाशित | 217 views


काठमाडौँ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी २५ रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web