उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

चैत्र २२, २०८० मा प्रकाशित | 306 views


काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् । आयोगले उपचुनावका लागि गएको फागुन २९ देखि चैत ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो ।

उपचुनावको कार्यतालिकाअनुसार पर्सि २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उपचुनावमा भाग लिन आयोगमा २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगकाअनुसार २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web