सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन

चैत्र ८, २०८० मा प्रकाशित | 340 views


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका कर्मचारीहरूलाई आज मन्त्रालयमा गृहमन्त्री लामिछानेले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्न पनि आग्रह गर्नुभयो ।

सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपरी नागरिकले सुखद् अनुभूति गर्ने गरी ढुक्क भएर काम गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web