किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

फाल्गुन १४, २०८० मा प्रकाशित | 297 views


काठमाडौं, १४ फागुन। दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ”किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।”

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web