राजसँस्था, हिन्दुराष्ट्रको पुन:स्थापना र संघीयता खारेजको लागी देशभरबाट राप्रपाको आन्दोलन

फाल्गुन ९, २०८० मा प्रकाशित | 333 views


नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत आज राप्रपा नुवाकोटले जिल्लाको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी मार्फत प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेर आज बुधबार राप्रपाले ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले प्रजिअ अधिकारीलाई प्रदान गर्नुभएको हो । उक्त अवसरमा राप्रपाका सहमहामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दिपक राई, केन्द्रीय सदस्य उद्धवराज भेटुवाल लगायतका केन्द्र, प्रदेस र जिल्लातहका नेता सहितको पाटी कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायतका करीब सातसय जनाको सहभागिता रहेको थियो ।

राप्रपाले राजतन्त्र पुनःस्थापनाका लागि भन्दै आजदेखि नुवाकोट सहित देशव्यापी आन्दोलन शुरु गरेको राप्रपा नुवाकोटका सचिव दिपेशप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

राप्रपाले राजसँस्था, हिन्दुराष्ट्रको पुनस्थापना तथा संघीयताको खारेजी सहित भ्रष्टाचार अन्त्यको मुख्य जोड दिदै त्यससंग सम्बन्धित जनतासंग जोडिएका विभिन ४० बुँदे माग राखेर देशभरबाट आन्दोलनको सुरुवात गरेको छ । 

राप्रपा नुवाकोटले बुझाएको ज्ञापनपत्रको पूर्णपाठ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web