कोशी प्रदेशमा थपिए चार मन्त्री र दुुई राज्यमन्त्री

माघ २७, २०८० मा प्रकाशित
Published at 2024-02-10

67 views

काठमाडौँ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त हुुनुुभएको छ ।

यस्तै माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की सामाजिक विकास र नारायण बुर्जा मगर खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा नियुक्त हुनुुभएको छ । मुुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राख्नुुभएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले हिजो नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् । यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.