नेपालमा वार्षिक २८ हजार क्यान्सरका बिरामी थपिँदै

माघ २१, २०८० मा प्रकाशित | 302 views

काठमाडौँ । विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

नेपालमा वर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा पाँच जना मध्ये जना व्यक्तिमा क्यान्सर हुने गरेको छ भने करिब ९ मध्ये १ जना पुरुषमा र १२ मध्ये १ जना महिलामा क्यान्सर हुने गरेको छ।

खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।

समयमानै पहिचान गरेर सफल उपचार हुने र रोग मुक्त हुन सकिने क्यान्सर बाट नेपालमा वर्षेनी २० हजारले ज्यान गुमाउछन्। बदलिँदो जीवनशैली, खानपान, वंशानुगत र सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु क्यान्सरको उच्च जोखिममा रहने गर्छन्। यस्तै पछिल्लो समय बढ्दो वातावरण प्रदूषण पनि क्यान्सरको कारक तत्व बन्दै गएको क्यान्सर रोग विशेषज्ञहरु बताउदै आएका छन्।

नेपालमा क्यान्सरका विरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन। झन्डै ३ दशक देखी नेपालमा क्यान्सर रोगको विशेषज्ञको रुपमा काम गर्दै आएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालका अनुसार नेपालमा वर्षेनी २८ हजार क्यान्सरका बिरामी थपिन्छ।

जसमा २० हजार जति विरामीको उपचार सफल नभरै मृत्यु हुन्छ। यसको प्रमुख कारण भनेको ढिलो अस्पताल पुग्ने र त्यस बेला सम्म क्यान्सर जटिल अवस्थामा पुगि सकेको हुँदा सफल उपचार नहुनुनै रहेको डा वरालको भनाइ छ।

क्यान्सर रोग विशेषज्ञ डा बरालले भने ‘समयमानै अस्पताल पुगेर सुरुवाती चरणमानै क्यान्सर पत्ता लागे क्यान्सर पूर्ण निको हुन्छ, अहिले झन् यसको उपचारमा नयाँ नयाँ प्रविधी,औषधीहरु थपिदै गएका छन जसले गर्दा क्यान्सर उपचार झनै राम्रो हुँदै गएको छ तर हाम्रो देशमा भने बिरामीहरु प्राय क्यान्सर पहिलो दोस्रो चरणमा रहेको अवस्थामा भन्दा पनि जटिल बनि सकेको अवस्थामा अस्पताल पुग्ने हुँदा अप्ठ्यारो भइरहेको छ’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web