कावा राजदूत गहेन्द्रराज राजभण्डारी ७ महिने सफल कार्यकाल सकेर स्वदेश फर्कंदै

असार २७, २०७३ मा प्रकाशित | 3511 views

२७ असार, टोकियो ।
जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राज भण्डारी आफ्नो ७ महिने सफल कार्यकाल सम्पन्न गरि नेपाल फर्कने हुनुभएको छ ।

परराष्ट मन्त्रालयमा प्रोमोसन भइ सहसचिवको जिम्मेवारी पाएपछि यही २६ तारिखमा नेपाल फर्कन लागेको कावा राजदूत गहेन्द्रराज राज भण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

राजदूतको कार्यकाल सामान्यतया ४ बर्षको हुनेभएपनि प्रोमोसन भएपछि थप जिम्मेवारी सम्हाल्नको लागि आफु नेपाल फर्कन लागेको राजदूत राजभण्डारीले बताउनुभयो ।

सात महिने कार्यकाल सम्हाल्दा जापानमा रहेका नेपालीमाझ लोकप्रिय र स्वच्छ छवि बनाउन सफल राजभण्डारीको ठाउँमा परराष्ट मन्त्रालयका अर्का उपसचिव कृष्ण चन्द अर्याल कार्यभार सम्हाल्नै यसैसाता जापान आउने हुनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक सहित टेलिफोन तथा इमेल सेवा मार्फत समेत जापानमा रहेका नेपालीहरुलाई सेवा दिएर छिटो छरितो सेवाको लागि कावा राजदूत राजभण्डारी उदाहरणीय काम गर्न सफल हुनुभएको थियो ।

जापानमा रहेका सबै नेपाली तथा संघसंस्थाबाट उल्लेख्य सहयोग पाएको स्मरण गर्दै कार्यवाहक राजदूत राजभण्डारीले सहयोग र सहकार्यमा हातेमालो गर्ने सबैको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

हाल नेपाल सरकारले जापानको लागि राजदूतको रुपमा खड्का केसीलाई सिफारीस गरेको छ भने हाल उहाँको नाममा संसदीय सुनुवाई जारी रहेको छ ।

यदी संसदीय सुनुवाई समितिबाट केसीको नाम स्विकृत भएमा उहाँ राजदूतको रुपमा जापान आउनुहुनेछ भने हाल कावा राजदूतको जिम्मेवारी सम्हाल्न आउन लाग्नु भएका कृष्ण चन्द्र अर्याल दोस्रो तहमा रहेर नेपाली राजदूतावास जापानमा रहनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web