जापान तोहोकु क्षेत्रीय समिति सेन्दाइको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न

भदौ २५, २०८० मा प्रकाशित | 814 views

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क बिभाग जापान तोहोकु क्षेत्रीय समिति सेन्दाइ कोआयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज को अबसरमा तीज मिलन दर खाने तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।

विदेशी भूमिमा रहेर पनि आफ्नो कला संस्कृति को संरक्षण गर्दै विदेशमा रहेका महिला दिदिबहिनिहरूलाई तीज जस्तो महिला हरूको महान चाडमा घर परिवार सम्झेर दुःखी हुन नपरोस भन्ने उद्देश्यको साथ तोहोकु क्षेत्रीय मा बसोबास गर्ने सम्पूर्ण दिदिबहिनिहरूलाई खुल्ला रुप मा आमन्त्रित गरि निःशुल्क तिज बिशेष दर खाने तथा विविध संस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।

No description available.

कार्यक्रम मा गायक सुरेन्द्र लामगाडे र समिति को कोषाध्यक्ष बिकास न्यौपानेको विशेष सांस्कृतिक प्रस्तुति रहेका उक्त कार्यक्रम तोहोकु क्षेत्रीय समिति को सभापति प्रकाश खतिवडाको सभापतित्वमा कार्यक्रम भब्य र सभ्य रुपले शुसम्पन्न भएको तोहोकु क्षेत्रीय समिति सेन्दाइका महामन्त्री राजेश खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा ६० भन्दा बढी नेपाली चेलीहरुको उपस्थिति रहेको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web