एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

पुस २८, २०७९ मा प्रकाशित | 453 views

मकवानपुर । वाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार उक्त कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ ।

मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा उक्त विषय जनाइएको छ । कोरोना महामारीको समयमा सात प्रदेशमध्ये वाग्मतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार चालु आर्थिक वर्षको २०७९÷८० मा तीन करोड ९४ लाख बजेट विनियोजन गरी वाग्मती प्रदेशको प्रथम आर्युवेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ । मकवानपुरको विभिन्न स्थानमा आर्युवेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एम.आर.आई मेसिन खरिद गरी हस्तान्तरण समेत भइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वाग्मती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचार सम्बन्धी कार्यक्रम गरिएको छ ।

अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उहाँले जानकरी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web