कोरोनाका कारण १ जनाको निधन, सक्रिय संक्रमित २१ जना

पुस २३, २०७९ मा प्रकाशित | 422 views

काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web