निधन भएका शेखरचन्द्रको ठाउँमा कांग्रेसका मानबहादुर लिम्बुलाई टिकट

कार्तिक २४, २०७९ मा प्रकाशित
Published at 2022-11-10

110 views

मोरङ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।

यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो ।

नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको जानकारी दिए ।

पार्टीको निर्णयपछि टिकट पाएका लिम्बुले मनोनयन दर्ताको तयारी गरिरहेको उनले बताए । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको छ ।

लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित ५ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.