विदेशमा रहेका कामदारलाई दश प्रतिशत IPO सुनिश्चित

कार्तिक २०, २०७९ मा प्रकाशित
Published at 2022-11-06

321 views

त्रिशूली । अबदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)मा कोटा छुट्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै विदेश जाने नेपालीहरुको लागी कोटाको व्यवस्था गरिएको हो ।
सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
छुट्याएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नुअगावै १५ दिनको अवधि तोकी आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा आवेदन दिँदा अनुमति प्राप्त आस्वा बैङ्क तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स खाताबाट मात्रै आवेदन दिनुपर्ने संशोधित निर्देशिकामा भनिएको छ ।
निर्देशिका जारी भएसगैँ कार्यान्वयनमा आइसकेको बोर्डले जनाएको छ । त्यसअनुसार अब आईपीओ निष्कासन गर्ने कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई समेत अनिवार्य कोटा छुट्याउनुपर्ने कानूनी मान्यता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.