७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

अशोज ४, २०७९ मा प्रकाशित
Published at 2022-09-20

114 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण घट्दै गएकाे छ । तीन दिनयता दैनिक सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या सयभन्दा तल छ । हिजाे साेमवार ९१, अस्ति आइतवार ५९ र गएकाे शनिवार ६३ जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे ।

यसैबीच थप एक सय ६० जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय १९ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.