आयात नियन्त्रणले अर्थतन्त्रमा सुधारको संकेत

भदौ १, २०७९ मा प्रकाशित | 451 views

काठमाडौँ । सरकारले आयात नियन्त्रण गर्ने नीति लिएपछि आर्थिक वर्ष २०७८/७९ को पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधारको संकेत देखिएको छ । विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि सरकारले गत पुसबाट नै आयात नियन्त्रणका लागि कदमहरु चालेको थियो ।

गत आर्थिक वर्षको पुसमा नै आयात नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले केही वस्तुको आयात गर्न प्रतितपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । फागुनमा प्रतितपत्र खोल्न नगद मार्जिन राख्नुपर्ने बस्तु थप गर्‍यो ।

तर, त्यसले पनि आयात नियन्त्रण नभएपछि २१ चैतमा राष्ट्र बैंकले मौखिन निर्देशनमार्फत विलासी वस्तुको एलसी खोल्न बैंकहरुलाई रोक लगायो । राष्ट्र बैंकको उक्त निर्देशनका बीच १३ वैशाखमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० विलासी वस्तुको आयातमा प्रतिबन्ध नै लगायो ।

राष्ट्र बैंकले नै आयात नियन्त्रणको लागि ‘ट्रस्ट रिसिप्ट’ लगाएका आयात कर्जा जोखिम भार १०० प्रतिशतबाट १२० प्रतिशत पुयाउने निर्णय गर्‍यो । आयात नियन्त्रण गर्न सरकारले चालेको कदम र आर्थिक वर्षको अन्त्यतिर आउँदा रेमिट्यान्ससमा पनि सुधार हुँदा बाह्य क्षेत्रको आर्थिक सुचकमा अन्तिम तीन महिनामा सुधार देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web