२४ घण्टामा ८ सय ४८ जनामा कोरोना पुष्टि

साउन ३१, २०७९ मा प्रकाशित
Published at 2022-08-16

264 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर आठ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गरेकोमा आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा पाँच सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाकाे ज्यान गएकाे छ । अहिले नेपालमा पाँच हजार दुई सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९० हजार चार सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.