शून्य लागतमा जापान रोजगारी सुरु हुँदै

काठमाडौं ।नेपालबाट शून्य लागतमा जापानमा कामदारपठाउन तयारी सुरु भएको

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा सीप परीक्षाउत्तीर्ण गरेकामध्ये सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो

अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको अहिलेसम्मझन्डै  हजार  सय जनाले जापानिज भाषा सीप परीक्षा पास गरेका छन् जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजान लागेको छ

सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल जापानबीच श्रम समझदारी भएको थियो श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रमबजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ

काठमाण्डौमा हुने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकासहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकाप्रतिनिधि सहभागी हुनेछन्

जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानीप्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारीदिनुभयो बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्तनिर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उहाँले बताउनुभयो

संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट भएको थियो 

प्रतिक्रिया

TOP