राष्ट्रिय सभाको बैठक असार २ गते बस्ने

जेष्ठ ३१, २०७९ मा प्रकाशित | 513 views

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आउँदाे असार २ गते बस्ने भएकाे छ । बैठक असार असार १ गते बस्ने भनिए पनि विशेष कारणले असार २ गते बस्ने भएको हाे ।

राष्ट्रिय सभाकाे बैठक विशेष कारणवश ताेकिएकाे दिन बस्न नसक्ने भएकाले असार २ गते दिउँसाे १ बजे बस्ने गरी निर्धारण भएकाे सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निकाल्नुभएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम त्यस दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको छ’, सूचना भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web