सञ्जु पण्डितबाट आचारसंहिताको उल्लघंन गर्दै प्रचार, निर्वाचन आयोगमा पर्यो उजुरी

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले आचारसंहिता विपरित प्रचार प्रसार गदै आएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
निर्वाचन आयोगले टिसर्ट छाप्न रोक लगाएको भएपनि विदुर नगरपालिका भित्र उनले टिसर्ट समेत वितरण गरेर आचारसंहिताको उल्लंघन गरिरहेका छन् । अहिले जारी रहेको चुनावी प्रचार अभियानको क्रममा उनले कार्यकर्तालाई टिसर्ट सहित तोकिएको भन्दा ठूलो आकारको पाटीको झण्डा समेत बोक्न लगाएर आचारसंहिताको उल्लंघन गर्दै आएको देखिएको छ ।

No description available.

No description available.

उनले आचारसंहिताको उल्लंघन गरेको भनेर निर्वाचन आयोगको कार्यालय काठमाडौमा तस्वीर सहितको उजुरी परेको र आयोगले जिल्ला स्थित निकायबाट बुझ्नको लागी परिपत्र गर्न भनेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैगरी, विदुरमा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले आचार संहिताको उल्लंघन गर्दै कृषि सहकारी भवन, मन्दिर, धारा, चौतारो लगायतमा समेत भड्किलो प्रचार सामाग्रि राखेको पाइएको छ । विदुर–११ मा रहेको एक कृषि सहकारीको हालै निर्माण गरिएको भवनमा समेत सञ्जु पण्डितले केही दिन अघि घरदैलो कार्यक्रम गर्दा झण्डा फहराउन कार्यकर्तालाई दिएको निर्देशन अनुसार आचारसंहिताको उल्लंघन गर्दै चुनावी प्रचार अभियानमा लागेको भन्दै अर्को पनि उजुरी निर्वाचन आयोगमा परेको छ । उक्त उजुरीको पनि जिल्ला स्थित कार्यालयबाट स्थलगत अवलोकन गरेर प्रतिवेदन बुझाउन निर्वाचन आयोगले परिपत्र गरेको छ ।

No description available.

No description available.
नेपाली काँग्रेसको तर्फबाट मेयरमा राजन श्रेष्ठ र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरमा प्रभा बोगटी उठेसगै चुनावी प्रतिस्पर्धामा निकै आत्तिएका नेकपा एमालेका मेयरका उम्मेदवार जसरी पनि चुनाव जित्नुपर्छ भन्ने आशयले भड्किलो प्रचारशैली, कानूनले निषेधन गरेका प्रचारका सामाग्रि सहित चुनावी अभियानमा लाग्दै आएको देखिन्छ ।

प्रतिक्रिया

TOP